काठमाडौँ / आज मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च विन्दुमा पुगेको छ ।

हालसम्म अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड कायम गरेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको हो ।

OM Sai Pathibhara Hospital

नेपाल स्टक एक्सचेन्सका अनुसार नेप्से परिसूचक अधिकतम ५१.८६ अंकले वृद्धि भएको छ । वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

मंगलबार बजारमा व्यापार, होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै उपसमूहहरुले धनात्मक हुँदा अधिकतम झण्डै १८ अर्बको कारोबार भएको छ।

नेप्सेका अनुसार कु सय २५ कम्पनीको ३ करोड ३५ लाख कित्ता माथिको सेयर १ लाख ६३ हजार पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाखको कारोबार भएको छ ।