काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनमतबाट आफू फेरि पनि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले असाधारण जनमतबाटै आफू पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।
उनले भने– ‘‘हेरिराखे हुन्छ । म मूलबाटो, मूल ढोकाबाटै फेरी आउँछु । असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्छु ।’ आफ्नो कार्यकालमा धेरै काम भएको दावी गर्दै उनले आफू नेपाली जनताकै मतबाट प्रधानमन्त्री हुने दावी गरेका हुन् ।
ओलीले आफु देश र जनताको सेवाका लागि नै जन्मिएको जिकिर गर्दै भने – म प्रधानमन्त्री हुन जन्मिएको हैन , तर काम गर्दै जाँदा प्रधानमन्त्री भए ।
सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारले सुकुम्बासी भूमिहीन आयोग विघटन गरेर गरिब जनताको घाँटी रेटेको समेत आरोप लगाएका छन् ।
सरकार सञ्चालनको साझा कार्यक्रममा एमसीसी उल्लेख नरहेकोमा उनले असन्तुष्टि व्यक्त गर्दै कांग्रेसकै पालामा आएको एससीसी किन समेटिएन भन्दै प्रश्न समेत गरेका छन् । आफूलाई देखाएर एमसीसी पास गर्न खोजेको तर्फ संकेत गर्दै उनले एमसीसीका विषयमा जनतालाई जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् ।
सम्बोधनको अधिकांश समय उनले विपक्षी गठबन्धन तर्फ आक्रोश पोखेका थिए ।