काठमाडौँ / नेकपा एमालेको केन्द्रिय पर्यटन विभागका सदस्य समेत रहेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलमाथि निगमलाई आर्थिक रुपमा नोक्सान पुर्याउने काम गरेको आरोप लागेको छ । आन्तरिक उडान क्षमता भन्दा कम गराएर यति एयरलाइन्स सहितका वायु सेवालाई फाइदा पुर्याउने काम गरेको उनीमाथि आरोप लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा निगममा हावी भएका उनले आन्तरिक उडानमा कटौती गरेर निजी वायु सेवालाई फाइदा पुर्याउने काम गरिरहेको निगमको तथ्याङ्कले समेत पुष्टि गर्दछ । निगमसँग अहिले दुईवटा ट्विनअटर विमान चालु अवस्थामा रहेका छन् ।

OM Sai Pathibhara Hospital

ति दुई जहाजका लागि पाँच जना पाइलट र पाँच जना कोपाईलट रहेका छन् । करारमा राखिएका चार जना पाइलटका लागि मात्रै निगमले मासिक रुपमा करिव २५ लाख रुपैयाँ खर्च गर्ने गरेको छ । करारमा राखिएका पाइलटको भन्दा निगमका स्थायी पाइलटको सेवा सुविधा झण्डै तिन गुणा कम रहेको छ ।

निगमसँग हाल सञ्चालनमा रहेका दुईवटा ट्विनअटरको उडान क्षमता मासिक ५ सय घण्टा भएपनि हाल दैनिक २०० घण्टा मात्रै हुने गरेको छ । निगम व्यवस्थापनको नेतृत्वमा रहेका पौडेल र कर्मचारीको मिलेमतोका कारण पर्यटकीय अनि कमाई हुने गन्तव्य मानिएका लुक्ला , जोमसोम , मुस्ताङ , डोल्पा , ताप्लेजुङ , बझाङ र अछाममा उडान नै भएको छैन । विगतमा उडान हुने गरेका यि ठाउँमा समेत उडान नहुँदा निजी कम्पनीले ति स्थानबाट अकुत कमाउन पाइरहेका छन् ।

हाल उडान हुने गरेका नेपालगन्ज , भोजपुर , खानीडाँडा , रुकुम , सिमीकोट , जुम्ला , बाजुरा र रारामा समेत क्षमता भन्दा कम उडान हुने गरेको छ । उडान हुने गरेका ठाउँमा समेत निगमका कम उडान हुँदा सर्वसाधारण चर्को शुल्क तिरेर निजीमा उडान गर्न बाध्य बनेका छन् ।

निगमको इन्जिनियरिङ शाखाका पूर्व प्रमुख अच्युतराज पहाडीले निगमको व्यवस्थापन र कर्मचारीका कारण निगमका जहाजले क्षमता भन्दा कम उडान गर्ने गरेको बताएका छन् । उनले सरकार , निगम व्यवस्थापन र कर्मचारीका कारण सामान्य खर्चमा बनाउन सकिने क्यानाडाबाट किनिएको अर्को ट्विनअटर जहाज समेत विगत एक दशक अघि देखि विमानस्थलमा त्यसै थन्काएर राखिएको जानकारी समेत गराएका छन् ।