रौतहट//रौतहटबाट जाली नोट सहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको बट्टेस्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीया शत्रुधन वरई ठाकुर ,महोत्तरीको बर्दिवास नगरपालिका -९ बस्ने ३० वर्षिया रंजित महतो र महोत्तरकै भंगाहा नगरपालिका -४ बस्ने २५ वर्षिया दिपेन्द्र कुमार छन्।

OM Sai Pathibhara Hospital

नेपाल -भारत  पैदल तथा सवारी साधनबाट  आवत जावत गर्ने मानिसहरुलाई चेकजाँच गर्ने क्रममा भारत बाट नेपालतर्फ आउंदै गरेका उनीहरुलाई नेपाली नोट १००० का दरले नौ लाख त्रियानब्बे हजार जाली नोटसहित पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।

  प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरी टोलीले इश्नाथ नगरपालिका -४  कालिमंदिर नजिकै बाट उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको उपरीक्षक शाहले  बताएका छन्।