मोरङ//मोरङमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना सिटी सफारी चालक पक्राउ परेका छन्।

धनकुटाको सहिदभूमि गाउँपालिका -५ का २४ वर्षीय ईमान राईलाइ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

चेकजाँच गर्ने क्रममा उनले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारीमा गाँजा फेला परेको र लगतै  उनको कोठा चेकजाँच गर्दा ७ किलो ९ सय ८४ ग्राम गाँजा बरामद भएको  इलाका प्रहरी कार्यालय बेलबारी जानकारी गराएको छ।