काठमाडौं//नेकपा एमालेले भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ।

पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय समिति बैठकमा पेश गरेसंगै स्थायी समिति बैठकबाट पारित विधान संशोधन प्रस्तावलाई केन्द्रीय समितिले अघि बढाएको हो।

OM Sai Pathibhara Hospital

एमालेको आगामी केन्द्रीय समिति बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा केपी शर्मा ओली,सदस्यहरूमा  वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे रहेका छन्।

यसैगरी संगठनात्मक प्रतिवेदन मस्यौदा समितिमा संयोजकमा  ईश्वर पोखरेल,सदस्यहरुमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल रहेका छन्।

यस्तै विधान संशोधन मस्यौदा समितिमा संयोजक विष्णु पौडेल,सदस्यहरुमा  सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह

र व्यवस्थापन समितिमा संयोजक रामवहादुर थापा ,सदस्यहरुमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा रहेका छन्

। समितिले तयार पारेको मस्यौदालाई स्थायी समिति र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिने बताइएको छ।