काठमाडौं //सरकारी कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागू हुने भएको छ। 

मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको सरकारका  प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन्।

OM Sai Pathibhara Hospital

 निजामती कर्मचारी, नेपाली सेना,  सशस्त्र प्रहरी, स्वास्थ्य सेवा,नेपाल प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय भएको उनले बताएका छन्।