बिर्तामोड / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा अव ३५ जना मात्र कार्यकारिणी समिति रहने निर्णय गरेको छ ।  

आयोगले सोमबार जसपा भित्रको आन्तरिक विवाद समाधानका लागि परेको निवेदनको सुनुवाइ गर्दै सो निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई अधिकारिकता दिएको थियो । आयोगमा ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिबाट ३५ जनाको केन्द्रीय कार्यकारिणी समिति रहने गरी अध्याबधिक भएको छ ।

ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको एक नेताले जानकारी दिए । ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरू अब साधारण सदस्य मात्रै भएका छन् ।

आयोगको निर्णय अनुसार अब उपेन्द्र यादव ३५ जना कार्यकारिणी समिति सहितको एकल अध्यक्ष भएका छन् ।