बिर्तामोड / नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । 

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै एमाले केन्द्रीय समिति बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरु भने सहभागी नहुने भएका छन् ।