बिर्तामोड / साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ

आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले घटेको छ

OM Sai Pathibhara Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ

त्यसैगरी, चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।