बिर्तामोड / प्रदेश सरकारले सवारीसाधनको करको दर बढाएको छ । कोरोना महामारीका कारण उद्योगधन्दा, कलकारखाना, उत्पादन, व्यापार सबैमा असर परेको भएपनि प्रदेश सरकारले भने मोटरसाइकलसहितका सवारीसाधनको करको दर बढाएको छ । 

प्रदेश सरकारले एक नम्बर प्रदेशमा एक सय २५ सिसीको मोटरसाइकलको वार्षिक कर दुई हजार आठ सय रुपैयाँ तेकेको छ भने दुई सय २६ सिसी देखि दुई सय ५० सिसीको मोटरसाइकलको कर चार हजार पाँच सय तोकिएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै दुई सय ५१ देखी चार सय सिसीको मोटरसाइकलको कर नौ हजार तोकेको छ, र चार सय सिसीदेखि माथिको मोटरसाइकलकालागि वार्षिक कर १६ हजार रुपैयाँ तोकेको छ ।

त्यसैगरी निजी मोटरसाइकल माथि करको भारी बोकाउनेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ । यसवर्ष बागमती प्रदेश सरकारले १० देखि ४५ प्रतिशतसम्म करको मूल्य बढाएको छ । बागमती प्रदेश सरकारले गत वर्षसम्म ४ हजार ५०० रुपैयाँ रहेको १६० सिसीको मोटरसाइकलको कर यस वर्षबाट बढाएर ६ हजार ५०० रुपैयाँ पुराएको छ । 

देश संघीय संरचनामा गएपछि सवारीसाधनको कर प्रदेश सरकारलाई नै उठाउन दिने निर्णय भएकाले प्रदेश सरकारले आफूखुशीको करको दरमा परिवर्तन गर्न थालेका छन् । 

केन्द्रीय सरकार हुँदा सामान्यतः ४/४ वर्षमा बढ्ने करको दर प्रदेश संरचनामा गएपछि वार्षिक वा २/२ वर्षमा करको दरमा परिवर्तन भइरहेको छ ।

प्रदेश सरकारहरूले यस पटक सवारीसाधनको करमात्रै बढाएका छैनन्, पैसा उठाउन मिल्ने सबै क्षेत्र हेरेर कर बढाएका छन् । यसपटक सवारीसाधनको नामसारी गर्दा लाग्ने शुल्क बढेको छ भने ब्लु बुकको नवीकरण शुल्क पनि बढाइएको छ ।