बिर्तामोड / संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भए लगत्तै विवाद र आलोचनमा तानिएका उमेश श्रेष्ठले घरजग्गा तथा दम्पती कर नतिरेको सार्वजनिक भएको छ । स्थानीय सरकारको पटक–पटकको ताकेता वेवास्ता गर्दै श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको हो ।

श्रेष्ठ राज्यमन्त्री बने लगत्तै उनको नियुक्तिको विषयलाई लिएर विवाद भइरहेको छ । ललितपुरको गोदावरीमा रहेको योगेन्द्र बहादुर विष्ट परिवारको ४०० रोपनी जग्गा हत्याएको समेत आरोप लागेका बेला उनले कर समेत तिर्न अटेरी गरेको सार्वजनिक भएको हो ।  

OM Sai Pathibhara Hospital

काठमाण्डौ महानगरपालिकाले कर नतिरेको भन्दै श्रेष्ठ सहित ५२ फर्म तथा व्यक्तिका नाममा सार्वजनिक सूचना नै जारी गरेर तीस गते भित्र कर नतिरे कानुनबमोजिम कारवाही थाल्ने चेतावनी दिएको हो ।

महानगरपालिकाले सार्वजनिक गरेको कर नतिर्नेको सुचीमा सञ्चार उद्यमी तथा देशकै ठूला उध्योगिका रुपमा चिनिएका विवादास्पद छविका अजयेराज सुमार्गिको परिवार समेत रहेको छ । सुमार्गी थाहा संचारगृहका सञ्चालक समेत हुन् । आफ्नो कारोबारको केही हिस्सा आफ्नी सासुको नाममा समेत राख्ने गरेका उनको सासु शिशु अर्याल र आफ्नो नाममा रहेको अल इन मार्टले कर नतिरेको महानगरपालिकाले जनाएको छ ।

त्यसैगरी अर्का सञ्चार उद्यमी तथा चर्चित पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको परिवारको स्वामित्वमा रहेको गोपीकृष्ण मुभिजले समेत महानगरपालिकालाई कर तिरेको छैन ।

संघीय सरकारको स्वामित्वमा रहेको खाद्य संस्थानले समेत कर नतिरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा कर तिर्न आनाकानी गरेकाले तिस दिन भित्र कर नतिरे कानुन बमोजिम सम्पती रोक्का र सरकारी सेवा बन्द गर्ने सम्मका कारवाही गरिने चेतावनी दिइएको छ ।

कर नतिर्नेको सुचीमा कान्तिपुर डेन्टल हस्पिटल, सिग्नेचर अपार्टमेन्ट, सिध्दार्थ बनस्थली स्कूल, रञ्जना ट्रेड, बरुण बेभरेज, रिध्दिसिद्धि डेभलपर्स, सिटी सेन्टर, मैतिदेवी प्लाजा, चेम्बर भवन र बैशाली होटल रहेका छन् ।

त्यसैगरी होटल मर्स्याङदी, होटल प्लाटिनम, होटल ग्याङजोङ, केएल टावर, कम्प्युटर बजार, पिपुल्स प्लाजा, बैशाली होटल, सिग्नेचर अपार्टमेन्ट र मुस्ताङ्गे राजा झिग्मे सिङमे पर्वल बिष्टलगायतले समेत कर नतिरेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।