उदयपुर//उदयपुरमा अटो चढेर झरना हेर्न गएकी एक महिलाको रुखले किचेर मृत्यु भएको छ  भने ३ जना घाइते भएका छन्।

उदयपुरगढी गाउँपालिका-७ अँधेरी झरना नजिक रोकिरहेको अटोमाथि एक्कासी रुख ढलेर अटोमा बसेकी ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, २७ वर्षीया मिना दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएको उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी गराएका छन्  ।

घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ । 

 घाइते मध्ये अटो चालक तामाङको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।