काठमाडौं//'बौद्ध धर्मको धार्मिक ग्रन्थ हो' भन्दै ठगि गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ का २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका-७ का ३० वर्षीय रजिन राई रहेका छन् ।

OM Sai Pathibhara Hospital

गोकर्णेश्वर नगरपालका-८ आरुबारीबाट उनीहरुलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन् ।

धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै आरुबारी बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको उनीहरूमाथि आरोप छ।