काठमाडौं// सहकारी ठगीको आरोप लागेर छानबीनमा परेका व्यक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेका छन् ।
ललितपुरको पुलचोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था मार्फत दर्जनौँ व्यक्तिलाई ठगी गरेको अभियोगमा राष्ट्र बैंकदेखि सिआइबीसम्मले छानबीनमा राखेको सुरेन्द्र भण्डारीलाइ देउवाले भेटेका हुन् ।
उनले आफुलाई नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सचिव बताउँदै आएका थिए।
देउवालाई शुभकामना पत्र मात्रै दिएका भण्डारीले नेपालमा सहकारी बैंक हुँदा हुँदै अर्को सहकारी बैंक खोल्ने विषयमा देउवालाई जानकारी गराएको उल्लेख गर्दै आएका छन् ।
केही मिडियामा भण्डारीले ‘सबै सहकारीको प्रतिनिधित्व हुने गरि सहकारी बैंक खोल्न आवश्यक रहेको प्रतिक्रिया दिएको भन्दै आएका छन् ।
तर, प्रधानमन्त्री देउवाले सल्लाह गरौँला भन्ने जवाफ मात्रै दिएको देउवाका स्वकिय सचिव भानु देउवाले बताएका छन्।