सभामुख भण्डारीले इसुजी मक्स जीप र क्रेटा कार गरी २ वटा सवारीसाधन प्रयोग गर्ने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार को१ज ६६६ नम्बरको इसुजी मक्स जीप र प्र १–१–०२–००१झ–००१० नम्बरको कार भण्डारीले प्रयोग गर्दै आएका छन् ।
इसुजी मक्स जीप १ करोड ३६ लाख ९० हजार रुपैयाँ र कार ३८ लाख ४६ हजार १ रुपैयाँमा खरिद गरिएको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रदेश नम्बर एकका नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले घरभाडाको सट्टा घर मर्मत शीर्षकमा ६० हजार रुपैयाँ लिएका संसद सचिवालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा वार्षिक ८६ हजार ८९६.५५ रुपैयाँ प्रतिव्यक्ति घरभाडा बुझेका सांसदले पछिल्ला वर्षमा बढेको घरभाडा बुझेका छन् ।
आव २०७५/०७६ मा सुविधा बढाएर सांसदले वार्षिक १ लाख ८० हजार रुपैयाँ घरभाडा बुझेका थिए । आव ०७६/७७ मा घरभाडा सुविधा फेरि बढेर वार्षिक २ लाख २८ हजार रुपैयाँ पुग्यो ।
आज ०७७/७८ मा समेत सांसदले बढेकै घरभाडा वार्षिक २ लाख २८ रुपैयाँ बुझेका छन् । आव ०७४/७५ मा वार्षिक ८६ हजार रुपैयाँ रहेको सांसदको घरभाडा तेस्रो आव २०७६/७७ मा तेब्बर बढेर २ लाख २८ हजार पुगेको देखिन्छ । प्रदेशका १ जना सांसदले घरभाडाबापत ४ वर्षमा ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।
कोरोना भाइरस सङ्क्रमणको महामारीका बेला अधिकांश सांसद आफ्नै घरमा बसेर घरभाडा लिएका छन् । महामारीका बेला सर्वसाधारणलाई अक्सिजनको अभाव, खाद्यान्नको अभाव, आर्थिक संकट भइरहँदा सांसदहरू सेवासुविधा बढाएर राज्यस्रोतको दोहनमा लागेका छन् ।