बिर्तामोड / सुन तस्करीमा संलग्न गिरोहले तस्करीको शैलीमा परिवर्तन गर्न थालेको पाईएको छ । ३३ केजी सुन तस्करी प्रकरण पछि ठुलो मात्रामा अनि सहज तरिकाले तस्करीको सुन आउन रोकीएपछि देशका ठूला सुन व्यवसायीले नयाँ तरिकाबाट सुन भित्राउन थालेका छन् ।

तस्करसँग मिलेर काम गदैै आएका ठूला व्यवसायीले काँचो सुनको सट्टामा बनाईका गहना नै खालीका विभिन्न मुलुकबाट नेपाली कामदार प्रयोग गरेर ल्याउन थालेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । भन्सार तथा कर छलेर सुन आयात गर्न ठूला सुन व्यवासायीले खाडीका मुलुकमा कतै आफ्नै शाखा खोलेर त कतै आफ्ना विश्वाशिला मान्छेलाई पठाएर उनीहरूको सहयोगमा नयाँ तरिकाले सुन तस्करी गर्न थालेको पाईएको छ ।

नेपाली कामदार बेसी रहेका खाडी मुलुक दुवई , कतार , ओमान र साउदी अरव लगायतका मुलुकमा देशका ठूला सुन व्यवसायीले आफ्ना मान्छे नै राखेर नेपाल फर्किने नेपाली कामदार उपयोग गरी तस्करीको सुन ल्याउने गरेका पछिल्ला घटनाले पुष्टि गरेका छन् ।

प्रहरीले बिहीबार पनि विमानस्थलबाट साउदी अरवबाट आएका यात्रुको साथबाट भेला गरिएको आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्षबाहिरबाट सुन सहित सिरहाको धनगढीमाई ८ रिसब महतोलाई आधा किलो सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

साउदी अरबबाट नेपाल आएको जजिरा एयरलाइन्सको उडानमा रहेका नेपाली यात्रुलाई भरिया बनाएर महतोको समूहले आधा किलो सुन ल्याएको प्रहरीले जानकारी गराएको छ । सो जहाजमा रहेका नेपाली यात्रुले आर्थिक प्रलोभनमा परेर आफ्नो हातमा बाला र औँठी लगाएर आएको अनि ति सामाग्रि भेला गर्ने क्रममा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार बरामद सुनको बजार मुल्य ३७ लाख ३८ हजार भएको जनाएको छ । पक्राउ परेकाको वयानका आधारमा प्रहरीले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका १३ स्थायी ठेगााना रहेका अनि काठमाण्डौको तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस सञ्चालन गर्ने ४१ वर्षीय अम्बर चाम्लिङलाई समेत पक्राउ गरिएको जनाएको छ ।