काठमाडौँ / भ्रष्टाचार मामिलामा विशेष अदालत काठमाडौंबाट दण्डित व्यक्तिलाई प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले सल्लाहकार नियुक्त गरेका छन् ।

भ्रष्टाचारको मुद्दामा कैद र जरिवाना तोकिएका जीवनाथ चौधरीलाई यादवले मन्त्रालयको सल्लाहकार पदमा नियुक्त गरेका हुन् ।

OM Sai Pathibhara Hospital

अदालतले चौधरीलाई ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। अदालतको फैसलामा पुनरावेदन भएपछि उक्त मुद्दा हाल विचाराधीन छ ।

तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

निलम्बनकै अवस्थामा र सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई मन्त्रालयको सल्लाहकार पदमा नियुक्त भएका छन्।

ptadesh-2_IaHLWGpFpx