काठमाडौं
/ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) माओवादी
केन्द्र दल परित्याग गरी एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पुनर्बहाली गर्न
सर्वोच्चले दिएको आदेश विरुद्ध पुनरावलोकन ( भ्याकेट)मा गएको
छ ।
माओवादी
अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) एमालेमा
क्रियाशील रहेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम
आदेशविरुद्ध
भ्याकेटमा गएका
हुन् ।
फाल्गुन
२३ को फैसलापछि दल परित्याग गरेका विभिन्न जिल्लाका मेयर, उपमेयर र
गाउँपालिकाका पदाधिकारीलाई माओवादी केन्द्रले कारबाही गर्दै निर्वाचन आयोगबाट
पदमुक्त गराएको थियो । पदमुक्त हुनेमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर
रिनाकुमारी साह, कटहरियाका
मेयर सियाराम कुशवाह लगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि रहेका छन्
।
दलको
उक्त कारबाही विरुद्ध सर्वोच्च अदालत पुगेका जनप्रतिनिधिहरूलाई अदालतले पुनर्बहाली
गर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त
आदेशको खारेजीको माग गर्दै प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् । उनको भ्याकेट माथि
न्यायाधीश आनन्दमोहन भट्टराई, बमकमुार श्रेष्ठ
र मनोजकुमार शर्माको इजलासमा सुनुवाई हुदैँछ ।