काठमाडौं //महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न नेपाल प्रहरीका १४ जना पूर्व महानिरीक्षक (आइजीपी)ले माग गरेका छन् ।

२०७५ असोज २१ गते ओली सरकारले स्थान साँघुरो भएको भन्दै प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने र उक्त स्थान राष्ट्रपति कार्यालय परिसरमा गाभ्ने निर्णय गरेको थियो ।

OM Sai Pathibhara Hospital

बुधबार बालुवाटारस्थित निवासमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले सो निर्णयलाई खारेज गर्न माग गरेका हुन्।

राष्ट्रपतिको सुख, सुविधाका लागि गरिएको निर्णय शक्तिको तामसपूर्ण प्रदर्शन र बाह्य तडक भडक भएको भन्दै गौरवशाली इतिहास बोकेको नेपाल प्रहरीलाई यसले बेवास्ता गरेको ज्ञापनपत्रमार्फत टिप्पणी गरिएको छ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको जग्गा दिवंगत प्रहरी वरिष्ठ उपरिक्षक कृष्णभक्त श्रेष्ठले दान गरेको र सोही स्थानमा प्रतिष्ठानको प्रशासनिक भवन र फुटबल खेल मैदान रहेको स्मरण गराउंदै सो स्थान यसरी हडप्नुलाई सरकारको दादागिरीको संज्ञा दिएका छन् ।

प्रतिष्ठानको जग्गा अधिग्रहण गर्ने निर्णय बदर गरी ८० हजार नेपाल प्रहरीका जवानलाई न्याय गर्न  प्रधानमन्त्री देउवासँग उनीहरुले अनुरोध समेत गरेका छन् ।