काठमाडौं //कम्युनिष्टहरुले सत्ताबाट बाहिरिसकेपछि लालपूर्जा बाँड्ने भ्रम फैलाएर बिक्री मूल्यभन्दा पनि महँगोमा जग्गा वितरण गरि पार्टीलाई पोस्ने योजना बनाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरोप लगाएका छन्।

OM Sai Pathibhara Hospital

सत्तामा हुँदा साढे तीन वर्षसम्म कम्युनिष्टहरुले केही पनि नगरेको तर, सत्तामा टिक्नै नसक्ने अवस्था भएपछि लालपूर्जा बाँड्ने हल्ला गरे र आयोग गठन गरि महँगोमा जग्गा बेच्ने र पार्टी पोस्ने रणनीति बनाएको आरोप लगाएका हुन्।

तर कांग्रेस नेतृत्वको सरकारले उक्त रणनीतिलाई असफल पार्ने र  जग्गाको सही मूल्यांकन गरेर सस्तोमा जग्गा उपलब्ध गराउने नेता साउदले बताएका छन्।

सुशील कोइराला नेतृत्वको सरकारमा पनि मन्त्री हुँदा आफूले नै आरक्षको समस्या समाधानको तहमा काम गरेको र केहीलाई पैसासमेत वितरण गरेर टुंग्याएको बताउँदै  अब पनि सुकुम्बासी आयोग गठन गर्ने कुरामा ढिलाइ नगरिने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्।