काठमाडौँ //सर्वोच्च अदालतले महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा दायर गरेको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा अन्तरिम आदेश जारी नभएको हो।
यता सर्वोच्चले विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने कारण देखाउन भनेको छ।
निवेदक ठाकुरको मागअनुसार गर्नु नपर्ने कारण र आधार खुलाउन साथै जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ।