बिर्तामोड / लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली (भाउजू सांसद) पुनः माओवादी केन्द्रमै फर्किएकी छिन् । कहिले एमाले, कहिले माओवादी हुँदै हप्ता दिन अघि एमालेमा प्रवेश गरेकी वली पुनः माओवादी केन्द्रमै फर्किएकी छिन् । 

सांसद वलीलाई दुई महिना अघि मात्र ५५ लाख लिएर माओवादीको पक्षमा लागेको आरोप लाग्दै आएको छ । उनी केही दिनअघि एमालेमै फर्किएकी थिइन् ।

OM Sai Pathibhara Hospital

एमाले नेताहरूको निगरानीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी सांसद विमला आज बिहानै फरार भई माओवादी सम्पर्कमा गएकी हुन् ।

उनी माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएको माओवादीका एक नेताले बताएका छन्। ती नेताका अनुसार उनी मुख्यमन्त्री निवास छाडेर पार्टीको सम्पर्कमा आएकी हुन्