काठमाडौं //आज बसेको मन्त्रिपरिषदको बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ।
यस्तै आचरणविपरीत काम गरेको भन्दै रेल्वे कम्पनीको महाप्रबन्धकबाट गुरु भट्टराईलाई हटाउन उनलाई स्पष्टिकरण समेत सोध्ने निर्णय भएको छ।
भट्टराई तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए।
त्यसैगरी बैठकले आयोगको अध्यक्षमा काठमाडौं महानगरपालिका - १० का मधुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सदस्यहरूमा भने काठमाडौं कलंकीका डिल्लीराम रिमाल र कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन्।