काठमाडौँ / विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव अघि बढाएका छन्।
मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने भन्दै संयोजक पाण्डे, नेतृ रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पँगेनीले मंगलबार ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्ताव ल्याएका हुन् ।
उक्त प्रस्तावमा गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ ।
उक्त प्रस्तावको पूर्णपाठ: