महोत्तरी // महोत्तरीकी सुजिताको हत्यामा संलग्न रहेको आरोपमा उनका बुवासहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुजिताकै बुवा कामेश्वर पाण्डे ,उनकी नन्द ३५ बर्षिया अन्जु ठाकुर र स्थानिय प्रमोद मण्डल छन्। 

OM Sai Pathibhara Hospital

महोत्तरीको  लोहारपट्टी नगरपालिका-७ भम्रपुराकी सुजिता ठाकुर पटक -पटक बाहिर गइरहने गर्थिन। 

उनको सो बानी मन नपरेको भन्दै आफ्नो प्रतिष्ठा जोगाउनकै लागि बुवाको  मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी गराएका छन्। 

रुपेशले उनको हत्या गरेको ,बुवाले घटना लुकाउने प्रयास गरेको , नन्द  र प्रमोदले शव लुकाउन मद्दत गरेको कुरा अनुसन्धानका क्रममा खुलेको एसपी आचार्यले बताएका छन्।

 सुजिता हत्या प्रकरणमा उनका देवरसहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।