बिर्तामोड / राज्यमन्त्रीमा नियुक्त भएको चार महिना पछि कला घलेले कार्य जिम्मेवारी पाएकी छिन् । आइतबार मन्त्रालयमा गरिएको औपचारिक कार्यक्रममा मन्त्री घलेले कार्य जिम्मेवारी पाएकी हुन् ।
लामो समय जिम्मेवारी विहीन बनाइएकी घलेले राज्यमन्त्री भएको चार महिना पछि सहकारी सम्बन्धी सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्न सक्ने गरी जिम्मेबारी पाएकी हुन् ।
राज्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रीले अधिकार प्रत्यायोजन नगर्दा राज्यमन्त्री कामविहीन झैं थिइन् । नीतिगत तहमा सहयोगी भूमिका बाहेक घलेले हेर्ने गरी मन्त्रालयले कुनै ठोस जिम्मेवारी दिएको थिएन ।
भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानाले राज्यमन्त्री कला घलेलाई औपचारिक रुपमा अधिकार प्रत्यायोजन गरी कार्य जिम्मेवारी दिएका छन् ।