काठमाडौँ  / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका चार सांसदमाथि हालेको भ्याकेट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज हुने भएको छ ।

एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पार्टीका चार सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि अध्यक्ष ओलीले सर्वोच्चमा भ्याकेट निवेदन दिएका थिए ।

OM Sai Pathibhara Hospital

सर्वोच्चको अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवम् पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने बताएको थियो ।

असार ८ गते न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले म्याद जारी गरेको थियो। त्यसपछि असार २३ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल केसीको इजलासले पुनः जारीको आदेश गरेको थियो। सो निवेदनको सुनुवाइ आज प्रधानन्यायाधीश राणाले आफैँले हेर्ने भएका हुन्।

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएका थिए ।