काठमाडौँ / मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कुल ७ लाख २६ हजार २८६ कित्ता रहेको उक्त शेयर कार्यालय समयसम्म आवेदन दिन पाइने छ ।

कुल आइपीओको १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । 

OM Sai Pathibhara Hospital

प्रति कित्ता १०० रुपैयाँ दरमा आइपिओ जारी गरेको उक्त कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

आइपिओमा आवेदन दिन लगानीकर्ताले सि- आश्वा, वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

मैलुङ खोला जलविद्युत कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ।