OM Sai Pathibhara Hospital

सप्तरी //सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।

 विष्णुपुर गाउँपालिका-५ मझाउ गाउँबाट चोरी भएको मुकुटसहित स्थानीय राजेशकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी गराएका छन्। 

छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका आइतबार साँझ चोरी भएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको  डीएसपी काफ्लेले बताएका छन् ।