काठमाडौँ / प्रतिनिधिसभा सांसदहरुले तलब भत्ता अव सरकारी बैंकबाट पाउने भएका छन् । संसद् सचिवालयको पहलमा सांसदहरूको तलब भत्ता सरकारी स्वामित्वको राष्ट्र वाणिज्य बैङ्कबाट पाउने भएका हुन् । 

यस अधि सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंक मार्फत उपलब्ध गराउँदै आएको थियो । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो । 

OM Sai Pathibhara Hospital

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रण कार्यालयमार्फत सिंहदरबारस्थित सबै सरकारी कार्यालयका खाता १ साउनदेखि राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्न स्वीकृत दिएसँगै सांसदको तलब भत्ता पनि वाणिज्य बैंकमै जाने भएको हो।

चालु आर्थिक वर्ष अर्थात साउन देखिको सांसदहरूको तलब भत्ता तथा सम्पूर्ण सरकारी कारोबार वाणिज्य बैंकबाट कारोबार हुने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।  यसअघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत संचालन गरिएको थियो ।