काकरभिट्टा //भारतीय सिमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा रहेको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन भएको छ। 

 तुइनमा सवार रहेकै बेला एसएसबीले तुइन काट्दा धामी बेपत्ता भएको  भन्दै नेपाल कम्युनिष्ट पार्टी ( विप्लब ) झापाले एसएसबीको ज्यादती विरुद्धमा प्रदर्शन गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रदर्शनमा भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद र  राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।

स्थानिय बसपार्कबाट शुरू गरिएको प्रदर्शन भट्टराईचोक हुँदै बजार परिक्रमा पछि  हनुमान मन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

पार्टीका झापा सचिव तारा थापा (प्रशान्त) ले कोणसभालाई सम्बोधन गर्दै  अव्यवस्थित राज्यसत्ता र संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने बताए। 

अब नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवाद रहेको ठोकुवा गर्दै भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा  नसहने उनको भनाइ थियो। 

 केपी ओली , प्रचण्ड र  देउवा  विदेशीको गोटि बनेको भन्दै  उनले संसदीय व्यवस्था असफल भैसकेको र व्यवस्था परिवर्तनका लागि आफुहरू बलिदान गर्न तयार रहेको समेत बताए ।

  प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताको   सहभागिता रहेको थियो।  

नेपाल कम्युनिष्ट पार्टी (( विप्लब )ले  देशव्यापी रुपमा घोषणा गरेको आन्दोलनका क्रममा आगामी  १८ गते झापाको दमकमा  प्रदर्शन गर्ने समेत सो पार्टीले जानकारी गराएको छ ।