दमक //झापाको दमकबाट ६  जना जुवाडे पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश लिम्बु, ५० वर्षीय प्रेम सुब्बा,३८ वर्षीय द्रोणाचार्य कार्की,३३ वर्षीय मोहन ढुङ्गाना र ५० वर्षीय भीम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी गराएका छन्। 

OM Sai Pathibhara Hospital

दमक नगरपालिका–८ स्थित लिम्बुले सञ्चालन गरेको पेरुङ्गो होटलको दोस्रो तलामा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।   

उनीहरुले खेलेको जुवाको खालबाट तीन बुक तास, नगद एक लाख ६० हजार १सय ५६ तासको पत्ता बरामद भएको डिएसपी थापाले जानकारी गराएका छन्।