काठमाडौं / देशमा राजतन्त्र फर्काउने उद्घोष गर्दै पोखरामा आज एक नयाँ राजनीतिक दलको गठन गरिएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रतिविम्ब पार्टी’ नामक दलको गठन गरिएको हो । 

शिक्षा र सुरक्षमा जोड दिँदै गठन गरिएको दलले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने घोषणा समेत गरेको छ ।

OM Sai Pathibhara Hospital

उक्त पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी शाहलाई आलंकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ ।