बग्दाद / इराकको राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसको आक्रमणमा परी आठ जनाको मृत्यु भएको छ । 

शुक्रबार यात्रिब नगरको एक गाउँमा मलामी गएका व्यक्तिमाथि अतिवादी आइएसले बम आक्रमण गरेका थिए । सोही आक्रमणमा परि उनीहरुको मृत्यु भएको हो । आक्रमणमा परि अन्य १० जना घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

नगरको अल्बु जिल्लीमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।