काठमाडौँ / कर्मचारी सञ्चय कोषले साढे दुई दशकको अवधिमा जलविद्युतमा ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । कोषले २०५३ साल यता जलविद्युतमा ५० अर्ब भन्दा धेरै लगानी गरेको हो ।

कोषले २०५३ सालमा २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ लगानी गरेको थियो । त्यसपछि कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसीमा लगानी गर्यो ।

OM Sai Pathibhara Hospital

१११ मेगावाटको रसुवागढी, ५७ मेगावाटका सांजेन र माथिल्लो सांजेन, १०२ मेगावाटको मध्य भोटेकोशी लगायतका आयोजनामा कोषले पुँजी लगानी गरिसकेको छ ।

त्यसैगरी कोषले १६० मेगावाटको लाप्चे खोला, ९७ मेगावाटको इसुवाखोला, ४० मेगावाटको माथिल्लो चमेलिया र ७८ मेगावाट क्षमताको तामाकोसी लगायतका आयोजनामा पनि ऋण लगानी गर्ने भएको छ । यो सँगै कोषले एक हजार छ सय मेगावाट क्षमताका दर्जनौँ आयोजनामा समेत लगानी गर्ने भएको छ ।