काठमाडौँ
/ प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा
भेटवार्ता र छलफल भएको हो ।
भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
असार २९ गते प्रधानमन्त्री निर्वाचित भएका देउवाले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिन १९ मन्त्री नियुक्त गर्न बाँकी छ । काँग्रेस र माओवादीबाट २– २ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार सञ्चालन गरेको अवस्था छ ।
जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा देउवा र प्रचण्ड दुबै सहमत रहेको भानुले बताएका छन् ।