काठमाडौं / महिला नेतृत्व रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले १ सय रुपैयाँ दरका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

जसअन्तर्गत जारी पुँजीको १० करोड ९३ लाख रुपैयाँ अर्थात् ०.५ प्रतिशत रहेको ५४६९ कित्ता सेयर कर्मचारी र सर्वसाधारणलाई छुट्याएको छ । त्यसैगरी, १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषकालागि छुट्याइएको र बाँकी रहने ६ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने संस्थाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

शेयर आवेदन दिनका लागि साउन २७ गतेदेखि छिटोमा साउन ३१ गतेसम्म मिल्ने छ । उक्त अवधिमा तोकिएको शेयर बिक्री नभएमा भदौ ९ गतेसम्म सेयर निष्काशन खुल्ला गरिने शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ ।

अहिले लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ ।