काठमाडौं / धितोपत्र बोर्डका पधाधिकारीले आफन्तलाई शेयर किनाएको खुलेपछि सरकारले पधाधिकारीमाथि कारवाही थालेको छ

अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सिइओ साउदलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । उनीहरूले नियामक निकायदेखि आफ्ना आफन्तलाई सेयर बिक्री गरेको पाइएपछि स्पष्टीकरण सोधिएको अर्थमन्त्रालयले जानकारी गराएको छ।

OM Sai Pathibhara Hospital

सर्वोत्तम सिमेन्टमा शिखा अग्रवालको नाममा रहेको शेयर ढुङ्गानाको छोरी रेबिका र साउदको श्रीमती शुसीला कुमारी बोहराले किनेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

बुक बिडिङमा प्रतिकित्ता ७ सय ५० रुपैयाँ मूल्य तोकिएको उक्त सेयरको कारोबार नेप्सेको ओटीसी बजारबाट प्रतिकित्ता २ सय ५० रुपैयाँको दरले बिक्री गरेको पाइएको छ ।

त्यसैगरी, सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले आफ्नो नाममा रहेको सेयर आइएमई समूहका हेमराज ढकालका नाममा २ लाख कित्ता र सेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलका नाममा विभिन्न व्यक्तिसँग किनिएको गरेर १ लाख ५० हजार कित्ता शेयर बेचेको पाइएको छ ।

न्यौपानेले सिमेन्टमा सबै क्षेत्रको प्रतिनिधित्व गराउन आफ्नै आग्रहमा ढकाल र पौडेललाई सेयर बेचेको कुरा स्वीकार गरेका छन् । उनले नियामक निकाय र बजारलाई प्रभाव पार्न सेयर बिक्री नगरेको दावी गरेका छन् ।

सर्वोत्तम सिमेन्टका सेयरधनी विष्णु न्यौपाने, मिनाकुमारी अग्रवाल, नेहा अग्रवाल, शिखा अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, टिका न्यौपाने, कुन्तीदेवी न्यौपाने, तेन्जिङले आफ्नो शेयर ३५ जनालाई बेचेका छन् ।