बिर्तामोड / सांसद दिलकुमारी रावलले पूर्वमन्त्री प्रभु साहले महिलाको चरित्र हत्या गरेको आरोप लगाएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री साहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको आरोप लगाएकी हुन् । 

OM Sai Pathibhara Hospital

रावलले भनिन् – ‘प्रभु शाहले विगत २ वर्षदेखि मदानी मेला लगाउने गरेका छन्, के समाजवादमा जाने बाटो यही हो ? प्रभु साहले समाजवादको नाममा ब्रह्मलुट गर्दै हुनुहुन्छ । भेटी र दक्षिणामा व्यापक भ्रष्टाचार गर्नुहुन्छ । उहाँले शिवनगरमा महिलाको अस्मितामा आँच आउने काम गर्नुभएको छ ।’ 

सांसद दिलकुमारीको १ मिनेटको बोल्ने समय सकिएपछि सभामुख अग्नि सापकोटाले माइक बन्द गरेका थिए । के विषयमा साहले चरित्र हत्या गरेका हुन् भन्ने बिषयमा उनले बाेल्नै पाइनन् ।