काठमाडौं / अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्न प्रक्रिया सुरु गरेको । अध्यक्ष ढुंगानाले कानुन विपरित सर्वोत्तम सिमेन्टको सेयर किनेको प्रमाण पुष्टी भएपछि मन्त्रालयले लिखित स्पष्टीकरण माग गर्दै बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

OM Sai Pathibhara Hospital

उनले धितोपत्र बोर्डका सदस्यको आचारसंहिता २०७४ मा बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैनभन्ने उल्लेख

पदको दुरूपयोग गर्दै उनले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मको ११ हजार ९ सय १२ कित्ता सेयर किनेर राखेका थिए ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि व्यवस्थाको उपदफा ६ मा अध्यक्षको पदावधि चार वर्षको हुने र बढीमा चार वर्षको लागि नियुक्त हुन सक्ने व्यवस्था रहेको छ ।  उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुर्याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम गरेमा सरकारले उनलाई हटाउन सक्ने व्यवस्था रहेको छ ।

dhitopatra-spastikaran-letter-1436x2048