एजेन्सी/ अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्धको खोप लगाउने ब्यक्तिलाई १०० डलर दिने घोषणा गरेका छन् । बिहिवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला राज्यलाई सो आह्वान गरेका हुन् । 

अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

OM Sai Pathibhara Hospital

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताएका छन् ।

खोप लगाए बापतको रकम राज्यले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ ।