काठमाडौं / बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै आज चाँदी मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ  । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक हजार चाँदी मूल्य प्रतितोला १५ रुपैयाँले बढे २७० रुपैयाँ पुगेको छ । हिजो चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।