बिर्तामोड / व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका –१० मा उद्योग स्थापना गरेको छ ।

यसअघि कार्पेट र म्याट्रेस लगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले ३० करोड रुपैयाँ लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।

OM Sai Pathibhara Hospital

गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर –१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ ।

ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत छन् ।

प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष, झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पुर्‍याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।

उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारी दिए ।  भारत, रुस र अरब मुलुकहरुमा  निर्यात गर्ने तयारी रहेको बताइएको छ ।

वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।