काठमाडौं / नेपाली कांग्रेसमा २४ घण्टा भित्र क्रियाशील सदस्यता विवाद टुंगो लाग्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको  पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बुधबार बसेको बैठकले बाँकी विवाद समाधानका लागि छानविन समितिलाई २४ घण्टा समय दिएको छ ।

OM Sai Pathibhara Hospital

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार  रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र टुंगिएको छैन ।

समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा यसबारेमा छलफल हुने प्रवक्ता शर्माले बताए । छानविन समितिले आगामी २४ घण्टा भित्रमा क्रियाशील सदस्यता टुंग्याउने योजना छ । 

सदस्यता विवाद समाधान नहुँदा कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित प्रायः छ ।