सुनसरी / सुनसरीमा एक वृद्धको सामाजिक सुरक्षा भत्ता लिन जाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा को बर्जू गाउपालिका –६ सुक्रहाटका ६८ वर्षीय खटर मण्डल रहेका छन् । 

बुधबार दिउसो १ बजे वडा कार्यालयमा वृद्ध भत्ता थाप्न गएका मण्डल कार्यालय अगाडि रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । 

OM Sai Pathibhara Hospital

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटिई गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाइएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।