बिर्तामोड / नेपालमा पब्जी र फ्री फायर गेम बन्द गर्नुपर्ने माग संसदमा उठेको छ । यस्ता गेमले बालबालिकालाई बिगारेको भन्दै पब्जी र फ्री फायर बन्द गर्नुपर्ने माग संसदमा उठेको हो । 

मंगलबार भएको प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद आशाकुमारी विकले नेपालमा पब्जी र फ्री फायर बन्द गर्न माग गरेकी हुन् । कोरोना महामारीका कारण अनलाइन शिक्षाका लागि इन्टरनेटको प्रयोग बढेको खुशीको कुरा भए पनि बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता खेलको लतमा फसेको उनको बुझाइ रहेको छ ।

OM Sai Pathibhara Hospital

‘यस्तो खेलहरूको लतले बालबालिकामा डराउने, झस्कने, जिद्दीपना जस्ता स्वभाव देख्दा सामान्य लाग्ला । तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएको बताउँदै सरकारले पब्जी र फ्री फायर जस्ता अनलाइन खेलहरू तत्काल बन्द गर्नुपर्ने तर्क उनले राखेकि थिइन् ।