मनाङ / अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले मनाङ ङिस्याङ गाउँपालिका –१ पिसाङका बासिन्दालाई जोगाउन स्थानीयवासी अग्रसर भएका छन् ।

नदी छेउछाउका घर बाढीले कटान गर्न थालेपछि बस्ती जोगाउने अभियान थालिएको स्थानीयवासी छिरिङ गुरुङले बताए । “पिसाङको ठाडो खोलाले बालीनाली विनाश ग¥यो, सडक सञ्जाल पनि क्षतविक्षत पा¥यो, त्यसैले स्थानीयवासीको अग्रसरतामा ‘पिसाङ बचाउ अभियान’ शुरु गरेका हौं,” उनले भने । 

OM Sai Pathibhara Hospital

अभियानअन्तर्गत खोलामा आएको बाढीले क्षति पु¥याउनसक्ने स्थानमा ग्याबिन जाली लगाएर कटान रोक्ने प्रयास गरिएको छ । पिसाङ जोगाउन हरेक घरले रु १० हजार सङ्कलन गरेका र स्थानीयवासीको हातेमालोका लागि सांसद पोल्देन छोपाङ गुरुङले रु एक लाख २५ हजार सहयोग उपलब्ध गराएका छन् । 

नदीका दुवैतर्फ बाढीले कटान गरेकामा करीब ६५० मिटर ग्याबिन जाली राखिसकिएको र थप कटान हुन नदिन अझै ग्याबिन जाली लगाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिए ।  उनले भने, “स्थानीयवासीले आफ्नो गाउँलाई बचाउन अभियानमार्फत गरेको एकताले हरेक विपद्मा जुध्नसक्ने क्षमता बढ्ने रहेछ भन्ने देखिएको छ । ”