एजेन्सी
/ अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको
बताइएको छ । उनीहरु बीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा
कुराकानी भएको थियो ।
महासचिव
अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित
भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ । ट्युनिसियामा
गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले
प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।
त्यसपछि
ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरु बीच फोनमा कुराकानी
भएको सो समाचारमा जनाइएको छ । हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएका
छन् भने नयाँ प्रधानमन्त्री नियुक्त पनि गरेका छैनन् ।
यहाँ
केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले
प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । यसै विषयमा उहाँहरुबीच कुराकानी भएको
बताइएको छ।