झापा / कृषि उत्पादनका बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले झापाको गौरादहमा कृषि बजारको भवन शिलान्यास गरिएको छ ।  

पाँच साना किसान सहकारी संस्थाका साझेदारीमा निर्माण गरिने कृषि भवनको आज गौरादह नगर प्रमुख रोहितकुमार साहले शिलान्यास गर्दै कृषि उत्पादनसँगै बजारीकरण गर्न कृषि भवन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । गौरादह–१ स्थित डिपु चौक रहने सो भवन  बनाउन गौरादह, महरानीझोडा, जुरोपानी, कोहवरा र बैगुनधुरा साना किसान सहकारी संस्थाको रु २० लाख लगानी रहने जनाइएको छ । 

OM Sai Pathibhara Hospital

पाँचकोठे सो भवन छ महिनाभित्र निर्माण पूरा भइसक्ने गौरादह साना किसान सहकारी संस्थाकी अध्यक्ष तुलसा भुजेलले जानकारी दिएका छन् ।